HELLO EVERYBODY! WELCOME TO SOCIETY OF BHUTANESE REFUGEESBAL स्वागतम सबै जना लाई भुटानइस रेफुजिस बाल मा

Click on where it says translation to have this blog translated in your languages!!

Translation

Free Translation

कार्यालयमै सुते मन्त्री

काठमाडौं, वैशाख २४ - सामान्य प्रशासनमन्त्री प्रभाकर प्रधानांग (रवीन्द्र श्रेष्ठ) राति सिंहदरबारस्थित कार्यालयमै सुत्न थालेको जानकारी स्रोतले दिएका छन् । स्रोतका अनुसार माओवादी आमहडताल छलेर सिंहदरबार आउजाउ गर्न गाह्रो भएपछि उनी बुधबार राति कार्यालयमै सुतेका हुन् । भक्तपुरको ठिमीमा घर भएका उनी ललितपुरको पुल्चोकस्थित निवासमा बस्दै आएका छन् । माओवादी अवरोधका कारण उनी निवास नगई कार्यालयमै सुतेका हुन् । उनी बिहीबार रातिसमेत कार्यालयमै सुत्ने जानकारीसमेत मन्त्रालय स्रोतले उल्लेख गरेको छ । प्रशासन पुनर्संरचना आयोगको कार्यविधिबारे सुझाव लिन बिहीबार दिउँसो बोलाइएको सरकारका सचिवहरूको बैठकमा उनले आफैंले कार्यालयमै सुतेको बताएका थिए । 'तपाईंहरूलाई अफिस आउजाउ गर्न गाह्रो छ कि के छ ?' सामान्य प्रशासनमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भने, 'म त आउजाउ गर्न गाह्रो भएकाले गएराति (बुधबार राति) कार्यालयमा सुतें । कुनै अप्ठ्यारो भएन ।' सामान्य प्रशासनमन्त्री कार्यकक्षमै बेड लगाएर सुतेका थिए । उनले रातको खाना भने राष्ट्रिय अनुसन्धान विभागमा खाएको जानकारी स्रोतले दिए । सबेरै कार्यालय आउने मन्त्री र सचिवहरूलाई अनुसन्धान विभागमा खाना बनाएर खुवाउने गरिएको छ । अरू धेरैजसो मन्त्री भने आमहडताल सुरु हुनुअगावै बिहान ३ देखि ४ बजेभित्रै कार्यालयमा आउने गरेका छन् । मन्त्रालयका सचिवहरूसमेत बिहानै कार्यालय आउजाउ गर्ने गरेका छन् ।

स्थितिलाई उत्तेजक नबनाऊः गृह

काठमाडौं, वैशाख २४ - तोडफोड र आगजनी गरेर स्थितिलाई उत्तेजक नबनाउन गृह मन्त्रालयले बिहीबार सबैलाई आग्रह गरेको छ । माओवादीले गर्दै आएको आमहडतालको विरोधमा सर्वसाधारण जनता र सरकारसम्बद्ध पार्टीका कार्यकर्ताहरू एकआपसमा लड्न थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । पर्साको वीरगन्जमा माओवादीविरुद्ध एक समूहले आगजनी गरेर लाखौं रुपैयाँको धनमाल क्षति पुर्‍याएपछि मन्त्रालयले त्यस्तो आग्रह गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पसल खोल्ने/नखोल्ने विषयमा विवाद हुँदा हडतालविरोधी जनसमुदाय र माओवादी कार्यकर्ताबीच झडप भएको थियो । झडपलगत्तै प्रतिकार गर्न उत्रिएकाहरूले माओवादीहरू बस्ने सिटीहलको प्रांगणमा राखेको पाल र त्यसभित्र रहेका लाखौंका खाद्य सामग्री तोडफोड र आगजनी गरेका थिए । त्यसरी तोडफोड गरिरहँदा सुरक्षाकर्मीले हस्तक्षेपको प्रयास गरेको देखिएन । वीरगन्जको घडिअर्वा, माईस्थानलगायतका स्थानमा झडपको स्थिति देखिएका थियो । उक्त घटनामा माओवादीका सभासद प्रभु साह र शिवचन्द्र कुशवाहालगायत ६० भन्दा बढी घाइते छन् । मन्त्रालयले प्रचलित कानुन र मानव अधिकारको मान्यताविरुद्ध हिंसा, तोडफोड र अराजकता सिर्जना गर्ने क्रियाकलाप नगरी दुवै पक्षलाई मौलिक अधिकारको सम्मान गर्दै शान्ति कायम गर्ने कार्यमा सहयोग पुर्‍याउन आग्रह गरेको छ ।

'बन्द फिर्ता गर'

काठमाडौं, वैशाख २४ - जनजीवन आक्रान्त पार्ने बन्दबाट राजनीतिक निकास सम्भव नहुने भन्दै विभिन्न नागरिक संघसंस्थाले हडताल फिर्ता गरी सहमतिबाट निकास निकाल्न दलहरूलाई आग्रह गरेका छन् । उनीहरूले आमहडताल फिर्ता लिएर तत्काल सहमति गरी गतिरोध अन्त्य गर्न र संविधानको सुनिश्चित गर्नसमेत सुझाव दिएका छन् । मानव अधिकार तथा शान्ति समाजले आन्दोलन हिंसाउन्मुख भएको भन्दै मुठभेड रोक्न दलहरूलाई आग्रह गरेको छ । समाजले आक्रमण र उत्तेजक व्यवहार प्रदर्शन नगर्नसमेत आन्दोलनकारी र सुरक्षाकर्मीको ध्यानाकर्षण गराएको छ । ६ जना युवा श्रष्टाले पनि बिहीबार विज्ञप्तिमार्फत असमझदारीले लोकतान्त्रिक उपलब्धिको रक्षा सम्भव नहुने राय सहित आन्दोलन फिर्ता गर्न र राष्ट्रिय सरकार गठन गर्न माग गरेका छन् । मानव अधिकार संगठनले अडानको बीचबाट सहमतिको उपाय खोज्न दलहरूलाई आग्रह गरेको छ । मानव अधिकार प्रतिष्ठानले दलहरूका भ्रातृ संगठनबीच झडपको स्थिति बनेको भन्दै संयम अपनाउन आग्रह गरेको छ । आमहडतालले हजारौं हस्तकला व्यवसायीको रोजिरोटी प्रभावित भएको भन्दै नेपाल हस्तकला महासंघले बन्द फिर्ता लिन माओवादीसँग आग्रह गरेको छ । सिरहामा क्रियाशील विभिन्न आधा दर्जन बढी संस्थाहरूले पनि सहमतिमार्फत संविधान निर्माणको नयाँ कार्ययोजना जारी गन माग गरेका छन् । यस्तै महिला पुनस्र्थापना केन्द्र, मानव अधिकार अभियान, जनआन्दोलन घाइते समाज, नेपाल नागरिक समाज, सुनसरी भोजपुर सरोकार समाज, किराँत राई यायोक्खा, जनगन्तव्य नागरिक समाज, विभिन्न क्रिस्चियन मण्डलीहरू र अन्य संघसंस्थाले पनि बन्दको विरोध गर्दै 'सहमति'मै जोड दिन दलहरूलाई आग्रह गरेका छन् ।
Follow balkrishnatimsi on Twitter

Followers

-Voice Of Teen May 7th Click here
-Sankha May 8th Click here

Tucson Time

-Meri Bassai May 8thClick here
-Maha Jodi May 8th Click here
- Khoji Pratibhako May 11th Click here
- Bhuichalo May 11th Click here
-Madhan Bahadur Hari Bahadur May 11th Click here
-Jire Khursani May 10th Click here

Nepali Time

- Tito Satya May 13th Click here
-Meri Bassai May 1stClick here
-Pabankali Show May 2ndClick here
-Cham Chami May 2ndClick here
-Jhyaikuti Jhyai May 7th Click here
-Jire Khursani May 3rdClick here

Search This Blog and if it does not match anything for your search click on the web!!

Sunday, February 14, 2010

societyofbhutanesereugeesbal

societyofbhutanesereugeesbal

1 comment:

Bal Krishna Timsina said...

Three men, a doctor, a lawyer, and a biker were sitting in a bar talking over a few drinks.

After a sip of his Martini, the doctor said, "You know, tomorrow is my anniversary. I bought my wife a diamond ring and a new Mercedes. I figure if she doesn't like the diamond ring, then at least she will like the Mercedes, and she will know that I love her."

After finishing his scotch, the lawyer said, "Well, on my last anniversary, I bought my wife a string of pearls and a trip to the Bahamas. I figured if she didn't like the pearls, then at least she would have enjoyed the trip, and she would have known that I loved her."

The biker then took a big swig from his beer, and said, "Yeah, well for my anniversary, I got my old lady a t-shirt and a vibrator. I figured if she didn't like the t-shirt, then she could go f*** herself

FACE OF THE WEEK

SEND ME YOUR PHOTO IN RSOCIETYOFBHUTANESE@YAHOO.COM TO HAVE YOUR PHOTO WITH INFORMATION BELOW !
NAME=BALKRISHNA
AGE=10
SEX=MALE
BLOG(WEBSITE)=WWW.SOCIETYOFBHUTANESEREFUGEESBAL.BLOGSPOT.COM
Thanks For Visiting My Blog..........

  © 2008

Back to TOP